काठमाडौं, २१ साउन ।
बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बालबालिकामा तनाव बढेको विभिन्न अध्ययनले देखाएको छ ।
भूकम्पपछि साना बालबालिकामा धेरै डराउने, कराउने, आत्तिने, रिसाउने, एकोहोरो हुने, बर्बराउने लगायतका समस्या देखिएका मनोविमर्शकर्ता कञ्चन रावलले बताउनुभयो ।
उहाँका अनुसार विद्यालय तहमा अध्ययनरत बालबालिकामा पढेको कुरा सम्झन नसक्ने, ध्यान नजाने, एकत्रित हुन नसक्ने जस्ता समस्या देखिएको छ ।
भूकम्पको कारण तनाव बढेकाले उनीहरुमा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।
।
बालबालिकालाई यस्तो बेलामा कराउनुभन्दा पनि समस्या बुझेर परिवारसँगै शिक्षक शिक्षिकाले पनि समाधानमा सहयोग गर्नुपर्ने मनोविमर्शकर्ता कञ्चन रावलले जोड दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline