काठमाडौं, २१ साउन ।
बारामा हिजो राती एउटा पेट्रोल पम्पलाई लक्षित गरेर बम विस्फोट गराएइको छ । महागढीमाइ नगरपालिका–२ स्थित शिव एण्ड शक्ति आयल स्टोर्सलाइ लक्षित गरी अज्ञात समुहले इन्भटर ब्याट्रि बिस्फोट गराएको जिल्ला प्रहरी कार्यालय बाराले मिर्मिरेलाई बताएको छ ।
अनुसन्धानका क्रममा पम्पको तेल भण्डारण गर्ने ट्याङ्कर नजिकै बिस्फोट भएको स्थानमा ईन्भटर बक्सको टुक्राहरु फेला पारेको समेत प्रहरीले बताएको छ ।
विस्पोटमा कुनै क्षति भने नभएको पम्पका संचालक भुलेन्द्र यादवले जानकारी दिनुभयो । बिस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रबिन्द्र रेग्मीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline