काठमाण्डौ,२० साउन ।
सनातन हिन्दू मोर्चाका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले नयाा संविधानमा हिन्दू राष्ट्र नलेख्ने धर्मबिरोधीको सडकमै श्राद्ध गर्ने घोषणा गर्नुभएको छ ।
विश्व हिन्दू महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ, राष्टिय धर्मसभा नेपाल, नेपाल ज्योतिष परिषद् लगायतका दर्जनौं धार्मिक संघसंस्थाको आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाले यस्तो घोषणा गर्नुभएको हो ।
धर्मसभा नेपालका अध्यक्ष समेत रहेका भट्टराईले विश्वका एक अर्ब ८० करोड हिन्दू धर्मावलम्बीको गौरबको विषयलाई पैसाका भरमा तहसनहस पार्न खोज्नेहरुलाई अब सडकमा ल्याएर पछार्ने चेतावनी दिनुभयो ।
विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष निलप्रसाद भण्डारीले धार्मिक स्वतन्त्रता राख्ने बहानामा हिन्दू धर्ममा चलखेल भइरहेको भन्दै आरोप लगााउनु भयो ।
पूरोहित संघका कैलाश दाहालले नेताहरुले हिन्दू राष्टको सटटा किन धर्म निरपेक्षता लेखेको भन्ने कुरा सार्वजनिक रुपमा जनतालाई दिनैपर्ने बताउनु भयो । हिन्दुबादी संगठनले नेपालाई हिन्दु राष्ट बनाउन माग गरेका छन ।