प्यूठान–बागलुङ सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न

प्यूठान–बागलुङ सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ २० साउन । 

सरकारको उच्च प्राथमिकतामा रहेको प्यूठान–बागलुङ सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै यस आर्थिक वर्षमा सडकको चौडा पार्ने र पर्खाल तथा जाली लगाउने काम हुने सडक डिभिजन कार्यालय जस्पुरले जनाएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा तीन करोडसम्म काम गर्न सक्ने गरी बहुवर्षीय योजनामा समावेश भएको सडकको झन्डै रु ७० लाख लागतमा ट्र्याक खोल्ने कार्य सकिएको डिभिजन प्रमुख घनश्याम गौतमले बताउनु भयो ।

सडक विभागले कामको आधारमा बजेट थप गर्ने गरी बजेटको व्यवस्था गरेको गौतमको भनाई छ । सडक डिभिजन कार्यालय प्यूठानमा प्यूठान–बागदुला–ठूलाबेसी–भीमगिठे–बागलुङ–मुक्तिनाथ सडकका लागि भन्दै पछिल्लो एक वर्षमा १४ लाख रूपैयाँ बजेटको अख्तियारी आएको थियो ।

तर सरकारले सडकको कार्यप्रगतिका आधारमा खर्च गर्नसक्ने गरी तीन करोडसम्मको काम गर्न अनुमति दिँदै बहुवर्षीय योजनामा समावेश गरेपछि सडक निर्माणमा सहज भएको डिभिजन कार्यालयले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी