काठमाण्डौ,१९ साउन ।
निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले भोलीदेखी लागु हुने गरी हवाई भाडा घटाउने निर्णय गरेका छन ।
नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउमा १५ रुपैयाा घटाएर प्रतिलिटर १ सय १८ रुपैयाा कायम गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार भाडा घटाउने निर्णय गरेको हो ।
संघका अनुसार न्यूनतम १ सय ७० देखि अधिकतम ५ सय ८० रुपैयाासम्म भाडा घट्ने छ । अब काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरा जान २ हजार ६ सय ५० रुपैयाा र सबैभन्दा टाढा धनगढी जान ११ हजार १ सय ४० रुपैयाा तिरे पुग्ने भएको हो ।
त्यसैगरी माउन्टेन फ्लाइटमा ५ सय ६० रुपैयाा, पोखरालाई २ सय ५५, भरतपुर २ सय, जनकपुर २ सय २५, विराटनगर ३ सय ५०, नेपालगन्ज ४ सय ४०, भैरहवा ३ सय १०, भऽपुर ४ सय १० र तुम्लिङटारका लागि ३ सय १० रुपैयाा घटाउने निर्णय भएको हो ।