काठमाडौ १९ साउन ।
नवलपरासीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भने १३ जना घाईते भएका छन् ।
बिहान ५ बजे नारायणगढबाट बुटवलतर्फ जाँँदै गरेको ना ५ ख ९१ ०० नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ना ५ ख ६१ ३५ नम्बरको यात्रु बाहक बस गैडागोट स्थित थुम्सीमा आपसमा ठोक्किदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरिक्षक प्रेम जोशिले जानकारी दिनुभयो । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । घाइते सबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline