काठमाडौ १९ साउन ।
सुनसरीको धरान उपमहानगरपालिका ३ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
खोटाङको दिप्लुङ स्थायी घर भएका शंकर राईको शव धरानको माछा भौडी स्थित खहरे खोलामा हत्या गरेर फालिएको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
भूपू सिंगापुर प्रहरी रहेका शंकर जागिर छाडेर धरानमा डेरा गरी परिवार सँग बस्दै आएका थिए । प्रहरीका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको छ ।
घटनाबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline