पर्याप्त न्यायाधीश नहुदा मुद्धा फछ्र्योट दर घट्यो

पर्याप्त न्यायाधीश नहुदा मुद्धा फछ्र्योट दर घट्यो

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं १९ साउन  ।  

न्यायाधीश अभावले यस वर्ष सर्वोच्च अदालतको कुल मुद्दा फछ्र्योटमा कमी आएको छ ।

आर्थिक वर्ष ७१÷७२ मा नयाँ दर्तासहित कुल २८ हजार दुई सय १७ मुद्दामध्ये मात्र ६ हजार तीन सय ५६ फछ्र्योट भएको छ ।

सर्वोच्चमा अब कुल २१ हजार आठ सय ६१ मुद्दा किनारा लाग्न बाँकी छ ।

गत आर्थिक वर्षमा दर्ता भएका कुल २४ हजार सात सय २४ मुद्दामध्ये पाँच हजार नौ सय ४८ मुद्दाको अन्तिम टुंगो लागेको थियो ।

प्रतिन्यायाधीशको फछ्र्योट अनुपात भने यसवर्ष बढेको छ । न्यायाधीशको सक्रियताले छिटो न्याय प्राप्तिमा सुधार सँगै यसवर्ष प्रतिन्यायाधीश फछ्र्योट दर पाँच सय ७८ पुगेको हो । गत वर्ष प्रतिन्यायाधीश फछ्र्योट दर चार सय ५८ मात्र रहेको थियो ।

यस्तै यस वर्ष सर्वोच्चमा तीन हजार चार सय ९३ मुद्दा बढेका छन् । गत वर्ष सर्वोच्चमा प्रधानन्यायाधीश सहित १३ न्यायाधीश थिए । संविधानतः १५ स्थायी हुनुपर्नेमा पछिल्लो वर्ष घटेर ११ मा सीमित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी