कैलाली, १९ साउन ।
हिन्दु राष्ट घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दुबादीहरुको हिन्दु धर्म संरक्षण नामक आन्दोलन कैलालीमा जारि रहेको छ ।
करिब डेढ साता अघि कैलालीको धनगढी नगरपालिका ७ पटेला गाउ र गोदावरी गाविसको ओलानीमा गाईको हत्या भएको खबर बाहिर आए संगै कैलालीमा चर्किएको हिन्दु धर्म संरक्षण आन्दोलन जारि रहेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत हिन्दु समर्थक र हिन्दुवादी बिभिन्न संघसंगठनहरुले बिविध कार्यक्रम जारि राखेका छन ।
प्रशासनलाई ज्ञापन पत्र, बन्द, र्याली लगायतका बिभिन्न कार्यक्रमहरु उनिहरुले जारि राखेका हुन । यसैबिच अत्तरियामा गठित हिन्दु धर्म संरक्षण संर्घष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २० गते बुधवार शंखघण्ट र पंचेबाजा सहितको र्याली प्रर्दशन गर्ने भएको छ ।
गौहत्याको कार्य रोकिनुपर्ने, गौहत्या गर्नेलाई कारबाहि हुनुपर्ने र हिन्दु राष्ट घोषणाको माग सहित शंखघण्ट र पंचेबाजा सहितको र्यालि प्रर्दशन गरिन लागिएको समितिका संचार संयोजक तेज खड्काले जानकारि दिनुभयो ।
यस अघि साउन १८ गते सोमबार आज बिहान निकाल्ने भनिएको र्यालिको कार्यक्रम शनिवार देखि निरन्तर पानि परे पछि आईतवार हिजो स्थगन गरिएको थियो ।
समितिका संयोजक नरबहादुर राईको संयोजकत्वमा आज बिहान बसेको बैठकले बुधवार बिशाल र्याली प्रर्दशन गर्ने निर्णय गरेको हो । र्यालीमा सहभागि हुन समितिले सवैमा आग्रह गरेको छ ।
कैलालीको धनगढीबाट डेढ साता अघि सुरु भएको हिन्दु धर्म संरक्षण नामक आन्दोलन अत्तरिया, टीकापुर, कंचनपुर संगै सुदुरपश्चिमका पहाडि जिल्लाहरुमा फैलिएको छ ।