लोक दोहरी गायक घिमिरेको तीज गीत एक नम्बर छिट्टै बजारमा

लोक दोहरी गायक घिमिरेको तीज गीत एक नम्बर छिट्टै बजारमा

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाण्डौ ।

दिदि बहिनीको बिशेष चाड तीज नजिकिनै लाग्दा बजारमा तीजलाई लक्षीत गरी तयार पारीएका नयाँ गीत आउने तरखरमा छन् ।

कलाकर्मीहरु यतिबेला गीतको तयारीमा जुटिरहदा लोक दोहरी गायक तथा शब्द संकलक केशव घिमिरेले भने तीजको गीत तयार पारी प्रोमो समेत बजारमा ल्याएका छन् ।

घिमिरेकोे गित नै यो बर्षको तीज गीतमा नम्बर एक हुने भएको छ । नजिकिदै गरेको तीजलाई लक्ष्त गरेर बजारमा ल्याउन लागेको गितको बोल पनि एक नम्बर नै छ ।
अहिले कलाकारहरुले तीजका गीत रेर्कड गर्ने हतारो भइरहंदा गायक केशव घिमिरेले तीज गीत रेकर्ड गराई प्रोमो समेत तयार पारेको र अहिले म्यूजिक भिडियोको छायांकन भईरहेकाले केहि दिन भित्रै बजारमा आउने मिर्मिरेसँगको कुराकानीमा बताए ।

उनको गीतको बोल यस्तो छ
भुरु भुरु चरी उडयोनिगाली गांजैमा ‘‘‘.
छम्म छम्म नाच्देउ सानु सबैको माझैमा ‘‘‘‘
एक नम्बर‘‘..
मरक्कै मरकाइदेउ कम्मर नाच्न गाउन तिमि त एक नम्बर ‘‘.

यो बोलको गीतमा केशव घिमिरेकै लय तथा शव्द सृजनामा रहेको गीतमा स्वयम् केशव घिमिरे र देवि घर्तिको स्वर रहेको छ ।

यस अगाडी किन्दीउला म चुरा, मुकुन्देको बाउ, चट्ट सारी मिलाएर आमाले पकाको, नारी त लक्ष्मी हुन लगाएतका तीज गीत र जेल मा थुनेनी, देख्न मन लाइरहन्छ, रुन्छु बाह्रै महिना, धर्ति फाट्ला र आँधि खोला तरेर लगाएतका लोक दोहोरी गीत बजारमा ल्याएका छन् ।

गायक घिमिरेको अर्को गीत गुनियो चोली ल्याइदिउला वोलको गीत गायक तारापति सुवेदीको स्वरमा आउने जानकारी दिए ।यस गीतलाई चन्दन म्यूजिकले वजारमा ल्याउने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी