साउन १८ डोल्पा
जेठ २९ गते कालीका गाबिस बडा नं ९ रिडिङ्ग गाउमा एक्कासी आएको बाढीले ठुलो क्षति पुऱ्याएको छ । बाढी सोही गाउको डया लेख देखी रिडिङ्ग औल सम्म गरी करिब २५ किमी भित्रमा पर्ने जग्गा जमिन , घट्ट , कुलो , स्याउ फारम , र बाटाहरु भत्काई ठुलो क्षति पुऱ्याएको छ ।
अहिले स्थानिय अगुवा र स्थानियहरुको पहलमा आफ्नो गाउ आफै बनाउ भन्दै भत्किएका रिडिङ्ग खोलाको मुख्य बाटो , ठुली खोलीको बाटो , घुनखुन्नयको बाटो , किरी दहको बाटो , बिउनथुम्काको बाटो खोली कुच्चाको बाटो लगाएत ९ वटा बाटाहरु स्थानियहरुको सक्रिय सहभागीतामा बाटो निर्माण कार्य भएको छ ।
तत्काल दैनिक आवत जावतमा समस्या भए पछी स्थानियहरु आफै बाटो खन्न सुरु गरेका हुन । अहिले स्थानिय सर्बसाधरणहरुले श्रमदान गरेर बाटो निमाण गरी दैनिक आवत जावतमा सहज जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline