नेपालमा बन्न लागेको नया संविधान २०७२ को संविधान मस्यौदा लिएर सभासदहरुले यही साउन १ गते सुझाब संकलनको लागि जिल्ला जिल्लामा आईपुग्दा राप्रपा नेपालले कैलाली जिल्लाको अगुवाईमा हिन्दु राज्य घोषण गर्नु पर्छ भन्दै नारा जुलुस लिएर सुझाब संकलन विथोल्ने प्रयास भईरहेको थियो । त्यस लगतै कैलालीको पटेला सामुदायक बनमा गौ हत्या भएको भन्दै केही दिन यता नारा जुलुस, बन्द हड्ताल हुदै आईरहेको छ । संविधानको मस्यौदा आए लगतै विभिन्न राजनीतिक दलले कैलालीमा कुन दिन बन्द गर्ने, कुन दिन बजार खोल्ने भन्ने विषयमा अग्रीम सुचना बिना नै यस्ता गतिविधि भईरहेको कारण जिल्लाका व्यापारीदेखि सेवाग्रहीहरुलाई त घाटा हुने नै भयो । त्यो संगै एसएलसी पुरक परिक्षा दिने प्रशिक्षार्थीहरुलाई समेत निकै बाधाअर्चन भईरहेको देखिन्छ ।
२०४७ साल पछि नेपालमा बल्ल बल्ल नयाा संविधान बन्ने खाका तयार भएको अवस्थामा सम्पुर्ण नेपाली जनताहरु मानब भएर बााच्न पाउने अधिकारको लागि सहि सुझाब दिनु जायज नै हो । तर राजनीतिको नाममा अरुको अधिकारलाई विरोध गरी आफ्नो माग पुरा गर्नको लागि कैलालीमा गौ हत्या भएको भन्दै सामप्रादायिकता, धार्मिक सदभाव र सामाजिक सदभाव खल्बलाउने तरिकाले भ्रामक प्रचार बाजी गर्दै आन्दोलन झन झन चर्किदै गईरहेको छ ।
गौ हत्याको नाममा हिन्दु राज्य घोषणा गर्ने बहानामा चर्किदै गएको आन्दोलनले सम्पूर्ण नेपालीहरुलाई फेरी पनि एक पटक सोच्न बाध्य बनाइएको देखिन्छ । किनकी हाम्रो सामाज सोझा, ईमान्दार र पछाडी परेका वर्गलाई कहिल्यै पनि माथि उठेको देख्न चाहन्न । विगतको ईतिहास हेर्ने हो भने धर्म शास्त्रमा महिलाहरुलाई विभेद गरेको, कुरीति कु संस्कारलाई बधावा दिएको, महिलालाई दासी जिवन जिउन बाध्य पारेको प्रवितृ हिन्दु शास्त्रमा लेखिएको देखिन्छ । त्यो शास्त्रमा पुरुष पतिपरमेश्वर, पुरुषत्वो भावना तर महिला दासीको रुपमा बस्नु पर्ने अवस्था, श्रीमानको सति जाने प्रथा, छुवाछुट, तल्लो जातले मन्दिर प्रवेश गर्न नपाउने लगायत गतिविधि देखिएको छ । यस्तै महिलाहरुलाई पुरुषबादी सोचको खिलाप बोल्ना दिदैना, विबाहित महिलाहरु जहिले पनि श्रीमानको आयूको लागि आफू मरुन्जेल पुजापाठ गर्नु पर्ने यावत कुराहरु ईतिहासमा उल्लेख भएको देखिन्छ । तर पछिल्लो चरणमा महिला लगायत पछाडी परेका वर्गहरु पनि मानब हुन, आफूहरु पनि मानब भएर बााच्न पाउनु पर्छ भन्दै स्वतन्त्रताको हक प्रयोग गरी परिवर्तित भएर बााचेको अवस्था छ । आखिर त्यसरी बााच्नेहरु पनि हिन्दु धर्म नै मानिरहेका छन् । फेरी पनि त्यही पुराना प्रवितृ, वलि प्रर्था, छाउपडि प्रर्था, कुमारी प्रर्था, देउकी प्रर्था लगायत धर्मको नाममा हुने कुरिति कुसंस्कारलाई यथास्थानमा ल्याउन प्रयास भइरहेको छ कि जस्तो संकल्प भईरहेको ।
मैले यसरी लेखि रहदा कसै कसैलाई अपाच्य पनि हुन सक्छ तर म हिन्दु धर्मको खिलापमा कलम चलाएको पनि होईन । नयाा संविधान ल्याउने खाका तयार भईरहेको अवस्थामा सबैको अ आफ्नो माग होलान त्यो जायत मागको लागि अवाज उठाउन पाईन्दैन भन्ने मेरो मनसाय पनि होईन । अधिकारको नाममा कर्तव्यलाई भुल्दै अरुको अधिकार माथि खेलवाड गर्न पाईन्दैन भन्ने मात्रै हो ।
म कुनै धर्म मान्दैन तर म धर्म विरोधी पनि होईन । म गौ हत्याको प्रसंगमा मात्र यो कुरा जोडिना खोजिरहेको छु । किन की कैलाली जिल्लाको पटेला सामुदायक बनमा गाई हत्या भएको छ भन्दै धर्मको नाममा राजनीति भईरहेको कारण लेख्नै पर्नेे महशुस भएर कलम चलाएको हुा । उसरी हेर्ने हो भने पटेला गाउामा थारु समुदायको बहुल्यता भएको कारण उनीहरुलाई दोषी देखाउन खोजेको हो की ? भन्ने प्रश्न उठ्नु स्वाभिक हो । किनकी पटेलाको जंगलमा पुरानो अवशेष भेटिएको तर गाई हत्या भएको कुनै प्रमाण नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विक्रम चन्दले पत्रकार सम्मेलन गरेर जानकारी गराई सकेका छन् । उनले अबशेष फेला परेको कारण आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको बताए पनि आन्दोनकारीहरुले झन झन आन्दोलन चर्ककउदै गईरहेको देखिन्छ । उसरी त पटेला गाउाको जंगल र त्यस वरिपरीको जंगल गिद्ध रेष्टुरेन्टको रुपमा स्थापित छ । र रेष्टुरेन्टको वरीपरि जस्को पनि अबशेष फेला पर्न सक्छ । मलाई लाग्दैन गाई जन्म लिईसके पछि कहिल्यै मर्दैना भन्नेमा र अनुसन्धान कर्ताले आफ्नो ठाउामा अनुसन्धान पनि गरिरहेको अवस्थामा यदि गौ हत्या भएको छ भने हत्या गर्नेलाई बचाउनु पनि होईन । उस्ले कानुनी प्रक्रियाअनुसार सजाय भोग्नै पर्छ । तर अहिले चर्किदै गईरहेको आन्दोनलाई मूल्यांकन गर्ने हो भने पटेला गाउामा थारुको बाहुल्यता भएको कारण उनीहरुलाई दोषरोपण गरेको हो की ? भन्ने देखिन्छ । हुन त कैलाली जिल्लामा पहिल्यै देखि थारु समुदायलाई डबाउनको लागि विभिन्न बहानाहरु देखाउदै हेपिरहेको ईतिहास पनि साक्षी नै । अखण्ड सुदुर पश्चिम र थारुवान थरुहटको आन्दोलनमा अस्रु ग्यास, लाठ्ठी चार्ज र आन्दोन कर्तालाई नियन्त्रणमा लिईएको अवस्था थियो । त्यसै गरी कमैया कमलहरीको आन्दोलनमा पनि काठमाण्डौमा लाठ्ठी चार्ज गरी अभद्र व्यवहार गरेको ईतिहास कायम नै छ यस्ता जायज मागमा पनि पछाडी परेका वर्ग हेपिएर डबाइएर शोषण गरिएको अवस्था छ । त्यसैले यो आन्दोलन पनि सुतेको मान्छेलाई जगाउन खोजेको हो की भन्ने शंका पैदा भईरहेको छ ।
मिडियाको भुमिका
कैलाली जिल्लामा सञ्चार गृहको संख्या बढे संगै पत्रकारको सख्या पनि ह्वाट्ै बढेको छ । त्यो आफैमा राम्रो पक्ष हो । तर पत्रकारीता गर्ने पत्रकारले आफ्नो काम कर्तव्य भुलेर कागले कान लग्यो भन्दैमा कागको पछाडी दर्गुर्यो भने पत्रकारीता गरेको अर्थ विनर्थमा सावित हुन पुग्छ । मिडिया त सामाजमा सत्य तथ्य सुचना प्रवाह गर्छ भनि मिडियासंगा जोडिएका पत्रकारहरुलाई समाजले सम्मान गरेको हुन्छ । तर कहिले कााही सञ्चारकर्मीहरु पनि धार्मिक राजनीतिक आस्थामा कलम चलाउदै गरेको देखिन्छ । मिडियाले नै पक्षधर भएर अर्काको खिलापमा कलम चलाउनु कहाा सम्मको उचित हो ? आफ्नो आत्मासम्मानको लागि अर्काको अपमान गर्नु मिडियाको धर्म होईन । सायद यही तरिकाले सञ्चारकर्मीहरुले कलम चलाउदै गयौं भने कलमको निप्प तिर्खानु भन्दा मोटोपना हुन पुग्छ कि ?
सामाजको अगाडी बन्दुकको गोली भन्दा कलमको बोली हजार गुणा अगाडी छ । कलमले सहिलाई गलत र गलतलाई सहि बनाएर सावित गरिदिन्छ भनि जनताको नजरमा जडो गाडेर बसेको छ । तर सञ्चारकर्मीको कलम जनताको हितमा चल्नु पर्छ सहिलाई सहि र गलतलाई गलत भएको प्रमाणित गराई दिनु नै पत्रकारीताको धर्म हो । नेपालमा विगतदेखि जस्तो सुकै आन्दोलन होस् । सो आन्दोलनमा पत्रकारले पक्ष विपक्ष भएर कलम चलाईरहेको कहि कतै देखिने गरेको छ । २०६८ सालमा थारु समुदायले आफ्नो अधिकारको माग गर्दै राज्यलाई घच्घचाईरहेको बेला मिडियाले खेलेको भुमिका पनि कहि कतै चुकेको देखिएयो । अनतत: अखण्ड सुदूरपश्चिम र थारुवान थरुहट विच ठूलो मुडभेड भई लामो समय सम्म आन्दोलन चर्कियो । त्यतिखेर पनि पत्रकारले समानान्तर सूचना प्रवाह गर्न नसकेर २ खाबामा उभिन बाध्य भए । त्यही प्रबृति अहिलेको हिन्दु राज्यको माग गर्दै गौ हत्याको बहानामा आन्दोलन गरिरहदा मिडियाको प्रोत्साहनले गर्दा आन्दोलन सुल्झनुको सत्ता चर्कदै गईरहेको छ । यो आन्दोनमा मिडियाले खेलेको भुमिका गलत हुदैछ भनि सामाजले टिका ठिप्पणी गर्न शुरु गरिसके तर मिडियाले गलतलाई सहि बनाएर आन्दोलन गर्ने बधावपन दिईरहेको छ । यसरी कत्ति दिन सम्म चल्ने हो । यदी हामी सबै सञ्चारकर्मी र सञ्चार माध्यम एक भएर आन्दोलन सुल्झाउनको लागि मध्यस्थकर्ताको भुमिका खेल्नु पर्छ होईन भने हामी सामाजको नजरमा पत्रकारीताको परिभाषालाई विर्सेको सावित हुन्छौं ।