काठमाण्डौ,१८ साउन ।
पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद शाहको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखी पूर्व प्रमुख आयुक्त शाह घाँटीको ट्युमरबाट पीडित हुनुहन्थ्यो ।
उहाको उपचारका क्रममा गएराती नर्भिक अस्पतालमा निधन भएको उहाका छोरा सञ्जीव शाहले जानकारी दिनुभयो । निजामती सेवामा लामो अनुभव सम्हालेका शाहले सूचना तथा सञ्चार र गृह मन्त्रालयको सचिवका रुपमा नेतृत्व सम्हाल्नु भएको थियो ।
निजामती सेवाबाट निवृत्त भएपछि उहाले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य र प्रमुख निर्वाचन आयुक्त भई काम गर्नुभएको थियो । उहाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारीबारीक स्रोतले जनाएको छ । शाहका एक छोरा र एक छोरी हुनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline