काठमाडौ १८ साउन ।
खाना पकाउने ग्यास सिलिन्डर पड्केर सिरहामा गएराति एक महिलाको मृत्यु भएको छ ।
खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका ७ माड्र का २० वर्षीय बबिता मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline