सुनसरी, १७ साउन ।
सुनसरीको चतराबाट बराह क्षेत्रतर्फ तीर्थयात्री बोकेर जाादै गरेको को १ ज १३९ नम्बरको मोटर दुर्घटनामा परी सप्तकोसीमा डुबेका १९ जना तिर्थयात्रीको जिवितै उद्धार गरिएको छ ।
सोमबारका लागि धरान पिण्डेश्वर बाबाधाममा जल चढाउनका लागि हिडेका उनीहरु आज दिउासो ३ बजे दुर्घटनामा परेको थिए ।
दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानिय वासिन्दाको सहयोगमा सबैजनाको उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी संजय शर्माले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline