काठमाण्डौं १७ साउन ।
नामांकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने लगायतका माग राख्दै तामसालीङ संयुक्त संघर्ष समितिले आज राजधानीमा बिरोध ऱ्याली निकालेको छ ।
राजधानीको बबरमहलबाट झाकीसहित सुरु भएको विरोध रयाली संविधान सभा भवन नयाा बानेश्वरमा पुगी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै आदीबासी जनजाती राष्ट्रिय आन्दोलनका संयोजक पद्यम रत्न तुलाधरले आदीबासीको आन्दोलनमा ऐक्बद्धता जनाउदै जनजातीको हकहितलाई सुरक्षित गर्नका लागि खबरदारी आबश्यक रहेको बताउनु भयो । उहाले संबिधानको मस्यौदामा आदिबासी जनजातीका कुनै अधिकार पनि सुनिश्चित नभएको भन्दै सिमाङकन र नामाङकन सहितको संिबधान जारी नभए आफुहरुलाई मान्य नहुने चेतावनी दिनुभयो ।
यस्तै संघर्ष समितीका सल्लाहाकार पशुराम तामाङले संबिधान सभालाई प्रतिगामी शक्तिहरुले कब्जा गरेको भन्दै आदिबासी जनजातीको हकहित प्राप्त गर्नलाई आन्दोलन गर्नुको बिकल्प नरहेको बताउनु भयो । आफूहरुको मागलाई तत्काल सम्बोधन नगरे थप संघर्षमा उत्रिने संघर्ष समितिले चेतावनी दिएको छ ।
संविधानको प्रारम्भिक मस्यौदामा तीव्र असन्तुष्टी जनाउदै आएको समितिले नामंकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, पहिचान सहितको तामसालीङ स्वयत्त प्रदेश, धर्मनिरपेक्षता, समानुपातिक संघिय व्यवस्था, तामसालीङ प्रदेशमा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा राख्नु पर्ने लगायतका माग राख्दै आएका छन् ।