काठमाडौं ,१७ साउन ।
आगामी साउन २० गतेदेखि शुरु हुने एसएलसी पुरकको परीक्ष्ााँ केन्द्र धनगढी बाहिर तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले धनगढीमा २ र अन्य क्षेत्रमा ५ गरी ७ वटा परीक्षा केन्द्र तोकेको कैलालीका सहायक जिल्ला शिक्षा अधिकारी खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारे, कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह र कैलालीका सभासद जनकराज चौधरी, हरि ज्ञवाली र गरिमा शाहको संयुक्त बैठकले धनगढी बाहिर पनि परीक्षा केन्द्र राख्ने सहमति गरेको हो ।
सहमति अनुसार धनगढीस्थित पञ्चोदय उामावि र त्रिनगर उमावि, अत्तरियास्थित दुर्गालक्ष्मी उमावि, सुखडमा रहेको राष्ट्रिय उमावि, भजनीमा रहेको महुन्याल उमावि, मोतिपुरमा रहेको राष्ट्रिय उमावि र टीकापुरमा रहेको वीरेन्द्र विद्या मन्दिरमा पुरकको परीक्षा केन्द्र तोकेको सहायक जिशिअ सिंहले जनाकारी दिनुभयो ।
परीक्षा नियन्त्रण कार्यालयंले यसअघ धनगढीका सात वटा विद्यालयमा एसएलसी पुरकको परीक्षा केन्द्र तोकेको थियो । पुरक परीक्ष्ाँ दिन धनगढी आउदा विद्यार्थीलाई समस्या हुने भएकाले जिल्लाका अन्य क्षेत्रमा पनि परीक्षा केन्द्र तोक्नु पर्ने माग गर्दै यहाका विद्यार्थी संगठनहरुले आन्दोलन थालेका थिए ।
साउन २० गतेदेखि शुरु हुने पुरक परीक्षामा कैलालीका चार हजार एक सय २५ विद्यार्थी सहभागि हुदैछन् । पुरकको परीक्षा केन्द्र टीकापुरमा पनि तोकिएपछि त्यस क्षेत्रमा थालिएको आन्दोलन पनि स्थगित भएको विद्यार्थी नेताहरुले बताएका छन ।