काठमाडौ १७ साउन ।
लगातारको वर्षाका कारण कैलालीको सदमुकाम धनगढी नगर क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् ।
धनगढीको विशालनगर, शिवनगर, सेतो पुल, त्रिवेणी चोक, बोराडाँडी, हसनपुर, पशुपति टोल, बैयाबेहडी लगायतका क्षेत्रमा चार पाँच फिटसम्म पानी जमेपछि आवागमनमा समस्या भएको पत्रकार टिएन जोशीले जानकारी दिनुभयो ।
वर्षाको पानी घरभित्र पसेपछि धनगढीको विशालनगर टोलमा एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
जोशीका अनुसार मुख्य बजारको सडक र सहायक सडकमा पनि दुई तीन फिटसम्म पानी जमेको छ ।
बर्सेनी घरलगायतका संरचना जथाभावी रुपमा निर्माण हुँदै गएको अवस्थामा धनगढी नगर क्षेत्रमा पानी निकासको उचित व्यवस्थापन नहुँदा डुबानको समस्या बढ्दै गएको सरोकारवालाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


