काठमाडनौं, १७ साउन ।
आज देशभर मौसम बदिली हुने जल तथा मौसम पुर्वानुमान महासाखाले जनाएको छ ।
हिजोको तुलनामा आज अलि धेरै पानी पर्ने पनि मौसमविदले अनुमान गरेका छन् । मौसमविद राजु प्रधानाङ्गका अनुसार वर्षा गराउने न्युनचापीय रेखा उत्तरतिर सरेकाले आज अलि धेरै पानी पर्ने बताउनुभयो ।
पूर्वको तुलनामा पश्चिममा धेरै बदली हुने प्रधानाङ्गका भनाई छ । पश्चिमका एक दुई ठाउँमा ठूलो वर्षासँगै नदीमा पानीको वहाव बढेर बाढी पहिरो जाने भन्दै सचेत रहन सबैमा अनुरोध गरिएको छ ।
विशेषगरी पहाडी क्षेत्रमा दिउँसोपछि मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline