प्रमुख दलहरु द्धिपक्षीय छलफलमा

प्रमुख दलहरु द्धिपक्षीय छलफलमा

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ, १७ साउन  । 

संविधानको प्रारम्भिक मस्यौदामा नागरिबाट प्राप्त सुझाव बारे शिर्ष नेता सम्मिलित विशेष समितिले सहमति जुटाउन नसकेपछि मुख्य राजनितिक विषयमा प्रमुख दलले द्धिपक्षीय छलफल गर्ने भएका छन् ।

प्रदेशको सिमांकन, धार्मिक स्वतन्त्रता र नागरिकता लगायतका विवादित विषयमा सत्तारुढ दल नेपाली कांग्रेस, एमाले तथा प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले अनौपचारिक छलफल गर्न लागेका हुन् ।

अपरान्न चार बजे सम्वाद समितिको बैठक बस्नु अघि दलहरुबीच अनौपचारिक छलफल हुने नेताहरुले बताएका छन् । जनमत संकलनबाट आएका सुझावलाई दलीय अडानका कारण विशेष समितिले समेट्न नसके पछि दलहरु दुई पक्षीय छुट्टा छुट्टै छलफलमा जुटेका हुन् ।

स्रोतका अनु्सार संविधानका मुख्य विवादित विषयमा कांग्रेस र एमालेबीच बढी विवाद भएपछि द्धिपक्षीय छलफल गर्न विशेष समितिको बैठक भोली बिहान सम्मका लागि स्थगित गरिएको छ ।

यसैबीच सम्वाद समितिका सभापति डा. बाबुराम भट्टाराईले ११ वटा प्रमुख विषयमा विशेष समितिमा छलफल भइरहेकाले आज साँझसम्ममा सहमति जुटाउने तयारी भएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी