आफ्नै बाबुले गरे छोराको हत्या

आफ्नै बाबुले गरे छोराको हत्या

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १७ साउन ।

उदयपुरमा एक जना बाबुले आफ्नै छोराको हत्या गरेका छन ।

उदयपुर बाँसबोटे गाविस ६ का दलबहादुर राईले आफ्नै छोराको हत्या गरेका हुन । उनले हिजो बेलुकी छुराले हानेर १७ वर्षका छोरा गम्भीर राईको हत्या गरेका हुन् ।

स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो ।

साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताउनुभयो ।

घटनास्थल इलाका प्रहरी कार्यालय कटारीबाट ३ दिनको पैदल दूरीमा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी