साउन १६ काठमाण्डौं ।
निजी क्षेत्रले नयाा संविधानमा उदार र खुल्ला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्ऽकुमार बस्न्यात र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको उद्योग व्यवसायीको टोलीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी आगामी संविधानमा उदार र खुला अर्थतन्त्रको सुनिश्चित गर्न माग गरेको हो ।
उद्योगी व्यवसायीहरुको टोलीले विदेशी लगानीमा भएको मुनाफा फिर्ता लैजानेसम्बन्धी हक संविधानमा सुनिश्चित गर्न समेत माग गरेको छ । निजी क्षेत्र खुला प्रतिस्पर्धामा आधारित अर्थतन्त्रमा विश्वास गर्ने र मुलुकले खुल्ला अर्थतन्त्रलाई अंगीकार गरिसकेको अवस्थामा मुलुक पछाडी हट्न नहुनेमा निजी क्षेत्रले जोड दिएको छ ।
व्यवसायीहरुको सुझाव लिादै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रका सुझाव संवाद समिति लैजाने बताउनुभयो । उहााले संविधानको मस्यौदामा रहेको समाजवादलाई कम्युनिष्ट विचारधारासाग जोडेर नहेर्न पनि उद्योग व्यवसायीहरुलाई आग्रह गर्नुभयो । निजी क्षेत्रका तीन वटै संस्था मिलेर पहिलो पटक संविधानका विषयमा संयुक्त सुझाव दिएका हुन् ।