साउन १६, सल्यान
नेकपा माओवादीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले साहित्य राजनीति भन्दा तगडा हुनुपर्ने बताएका छन । साहित्यले राजनीतिलाई उछिनेर अगाडि बढे सफलता प्राप्त हुने बताएका छन ।
अखिल नेपाल जनसाास्कृतिक महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका साहित्यकार आधारले स्राष्टा ओझिलो र सृजना बोझिलो नभई स्रष्टा र सृजनाको
तारतम्य मिल्नुपर्ने भन्दै त्यसका लागि सर्जकले निखारिनु पर्नेमा जोड दिएका हुन । सल्यान शिवरथका नव गजलकार भुम प्रकाश भण्डारीको गजल संग्रह प्रतिविम्बको विमोचन गर्दै उनले यस्तो बताएका हुन ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा सल्यानले आयोजना गरेको कार्यक्रममा
जिल्ला विकास समिति सल्यानका वरिष्ट कार्यक्रम अधिकृत सुरेश अधिकारीले सल्यानमा जिल्ला विकास समितीबाट साहित्यकारलाई बजेट विनियोजनका लागि पहल गर्ने बताएका छन । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी दिनानाथ पन्थिले हरेक मान्छे सर्जक हुने र उनको प्रतिभा प्रस्फुटन भएता पनि प्रकाशन हुन नसकेकोले पछि पर्ने बताएका छन ।
गजल संग्रह प्रतिविम्बका टिप्पणीकार रहेका सल्यानी साहित्यकार पुर्ण भण्डारी
पंकजले गजलमा रदिफ र काफियाको राम्रो समिश्रण हुनुपर्ने बताएका छन ।
त्यस्तै समिक्षक वीर बहादुर सेजवालले गजलले राम्रो सन्देश दिएको बताएका छन ।
कार्यक्रममा सल्यानी साहित्यकारहरुले आफ्ना गजलहरु बाचन गरेका थिए ।
जनकलाकार समेत रहेका मोहलाल चन्द आधारले विमोचनका क्रममा मन्तव्य दिदै स्रष्टा भुम प्रकाशका केहि गजलमा संगित भरेर स्रोतामा ल्याउनतिर लाग्नु पर्ने बताएका छन ।
यहाको राजनीतिक अवस्थालाई व्याङ्गयको रुपमा लेखिएको यहााको राजनीति नराम्रो छ भन्ने वाक्यले समाज परिवर्तनको आशा बोकेको देखिएको भन्दै उनले अव त्यहााको राम्रो राजनीतिको खोजिमा लाग्न आग्रह गरेका छन ।
राप्ती साहित्य परिषद् सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षता र सचिव डिल्लीराज रावतले संचालन गरेको कार्यक्रममा पुरुषोत्तम गिरी, विपि हमाल,डिल्लीराज केसी लगायतले गजल बाचन गरेका थिए ।