पोखरा, १६ साउन ।
वामपन्थी नेता हरिकृष्ण अधिकारीको निधन भएको छ । बिगत लामो समय समय देखि हेपाटाईटिस बि बाट ग्रसित भएका नेता अधिकारीको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरिरको हिन्दु परम्परा अनुसार पोखराको रामघाटमा अन्त्यष्टी गरिएको छ ।
अधिकारीको शबमा माओबादी नेता श्रीनाथ अधिकारी , गंगा पोखरेल र मणि न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रन्दान्जली दिए । २०६३ साल देखि उक्त रोग बाट पिडित बनेका अधिकारीको उपचार अभावका कारण मृत्यु भएको हो ।
उपचारको लागि ६० लाख रुपैया आबस्यक पर्ने भएपनि खर्चको जोहो गर्न नसकेपछि मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । २०४८ साल देखि कम्युनिष्ट आन्दोलनमा सहभागि भएको नेता अधिकारी पछिल्लो समय माओबादी पार्टीको राज्य सदस्य रहेका थिए । त्यसैगरि स्यक्युरिटी मजदुर ट्रेड युनियन महासंघको सचिवालय सदस्य थिए ।
२०५८ सालमा तत्कालिन माओबादीले सुरु गरेको जनयुद्धमा उनि सहभागि भएका थिए । लेखनाथ १० स्थाई घर भएका अधिकारीको आफन्त खगराज अधिकारी स्वास्थ्य मन्त्री छन ।
तर उनको उपचारको लागि मन्त्री अधिकारी पनि उदासिन देखिएपछि स्वर्गिए अधिकारीले अव मृत्यु पर्खेर बस्नु परेको थियो । पार्टी पंक्ति बाट पनि खासै पहल नभएको पारिवारको गुनासो छ । अधिकारीका एक श्रीमति,एक छोरा र एक छोरी रहेका छन ।