काठमाडौं, १६ साउन ।
नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।
संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला बन्द आह्वान गरेको हो ।
बन्दका कारण सुदूरपश्चिमका सम्पूर्ण जिल्लामा, शैक्षीक संस्था यातायात, कलकारखाना, उद्योग धन्दा र बजार व्यवसाय समेत ठप्प छन् ।
बन्द आह्वानकर्ताले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले महेन्द्रनगरको शिवमन्दिर नजिक म १ प १६१ नम्बरको भ्यान तोडफोड गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline