काठमाडौ ,१६ साउन ।
सत्तारुढ दल नेपाली कांग्रेसका अधिकाशं नेताहरुले सिमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन् ।
संविधान निर्माणमा पार्टीको साझा धारणा बनाउन आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति र संसदीयदलको संयुक्त बैंठकमा नेताहरुले संविधानका सबै बिषय टुंग्याएर मात्र संविधान जारी गर्नु पर्ने सुझाव दिएका थिए ।
नया संविधान निर्माणका क्रममा दलहरुबीच विवादित रहेको नागरिकता, शासकीय स्वरुप र धम लगाएतका विषयमा आ–आफ्नो धारणा राख्दै अधिकाशं सदस्यहरु र सभासद्हरुले धार्मिक स्वतन्त्रतामा जोड दिएका थिए ।
उनिहरुले कांग्रेसले संविधान निर्माणमा आफ्नो प्रष्ट धारणा बनाउन नसकेको, सरकारले जनताको काम गर्न नसकेको भन्दै शिर्ष नेताहरुको आलोचना समेत गरेका थिए ।
बैंठकमा प्रधानमन्त्री एंव पार्टी सभापति सुशील कोइराला, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता बिमलेन्द्र निधी, डाक्टर रामशरण महतलगायतले संविधान निमार्णमा भएको प्रगतिका बारेमा आफ्नो धारणा राखेका थिए ।