अछाम १६ साउन ।
शुक्रवारवाट सुरु भएको गैर सरकारी संस्था महासंघ अछाम शाखाको अध्यक्षमा खडक खड्का निर्विरोध चयन हुनुभएको छ ।
महाासंघको छैटो अधिवेशनले आगामि ३ वर्षे कार्यकालका लागि खडकालाई निर्विरोध चयन गरेको हो ।
गतिशिल बहुउद्देश्यिय समाज अछामका अध्यक्ष समेत रहनुभएका खड्का लामो समय गैसस क्षेत्रमा कार्यरत हुनुहुन्छ भने यस अघिको गैसस महाासंघमा उपाध्यक्ष भैसक्नुभएको थियो ।
महाासंघको शुक्रवार भएको उदघाट सत्र पछिको बन्दसत्रले अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा जनक बटाला, सचिव रतन बहादुर रावल, सह सचिव सरस्वती नेपाली, कोषाध्यक्ष बिन्दु रावल लाई पदाधिकारीमा चयन गरेको छ ।
यस्तै सदस्यहरुमा कविराज जोशी, लोकमान धामी, दिपक कुवर, हिम बिक, अप्सरा कुवर र रत्ना खड्का रहेका छन ।
गैसस महाासंघको नयाा नेतृत्वले जिल्लामा रहेका गैससहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न र जिल्लाको विकास गर्न टेवा पुग्ने आशा गरिएको छ ।
यस्तै नव निर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा गैससलाई सुब्यवस्थित रुपमा सञ्चालन गर्ने प्रयास थाल्ने बताए ।
उनले सामाजिक विकासमा गैर सरकारी निकायहरुको भुमिकालाई थप प्रभावकारी बनााउन सक्दो प्रयास गर्ने बतााउनुभयो । जिल्लामा सबै पक्षसंगको सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन ।
महाासंघ अछामको छैटौं अधिवेशनको उदघाटन महाासंघका केन्द्रिय सचिव प्रकाश शाहले गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय अछाममा दर्ता भएका पााच सय ३५ गैर सरकारी संस्थाहरु मध्य ५९ वटा मात्र नविकरण भएको र जसमध्यवाट गैसस महाासंघमा ५१ वटा संस्था मात्र आवद्ध रहेका छन ।