ओखलढुंगाका ६ वटा बस्ती सुरक्षित स्थानमा सारियो

ओखलढुंगाका ६ वटा बस्ती सुरक्षित स्थानमा सारियो

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १६ साउन । 

पहिरोको जोखिममा रहेका ओखलढुंगाका ६ वटा वस्तीलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत वैशाख १२ को विनाशकारी तथा त्यसपछिको पराकम्पनले बस्ती माथिको पहाड चर्किएपछि जिल्लाका १९ गाविसका २९ वटा बस्ती जोखिममा रहेको छ ।

चर्किएका पहाड वर्षातमा खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दैै पहिलो चरणमा जोखिममा रहेका मध्ये ६ वटा बस्तीलाई स्रक्षित स्थानमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

जोखिममा रहेका बस्तीहरु प्रथामिकताका आधारमा सार्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय ओखलडुङ्गाले  जनाएको छ । गृह मन्त्रालयले असुरक्षित बस्ती सुरक्षित स्थानमा सार्न दिएको निर्देशन अनुसार कार्यालयले बस्ती स्थानान्तरण गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी