रौतहटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १६ साउन ।

रौतहटमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जाँदै गरेको बा ६ च ९० १२ नम्बरको जिप पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका १ लच्कामा तीव्र गतिका कारण दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जिपमा सवार सर्लाही रानीगन्जका करिब ३० वर्षीय चित्रबहादुर मगर र लालबन्दी नगरपालिका २ का २७ वर्षीय मनोज गोले रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाइते मध्ये अर्जुन लामाको अवस्था गम्भिर रहेको छ उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । बाँकी पाँचजनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी