काठमाडौ १५ साउन ।
भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध पोखरा बागलुङ सडकखण्ड खुलाउने प्रयास भइरहेको छ । पर्वत र कास्कीको सीमामा पर्ने बेतीनीमा करिब २० मिटर सडक पहिरोले बगाएपछि बाटो नै अवरुद्ध भएको छ ।
अवरुद्ध सडक आज बेलुका सम्ममा खुलाउने प्रयासमा काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनु भयो ।
पोखरा बागलुङ सडक खण्ड अन्तरगत पार्टी चौर , मालडुङ्गा , तीलाहारको मौरी फाँट, बाजुङ स्थित भ्याब्ले खोला, मालडुङ्गा बेनीसडक खण्डमा पर्ने माझी बस्ति, खनियाघाट लगायतका स्थानमा पहिरोले सडक अवरुद्ध पारेको छ ।
ती स्थानमा सडकमा खसेको पहिरो डोजर र स्काभेटरको सहयताले हटाउने काम भइरहेको राउतले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline