काठमाण्डौ ,१५ साउन ।
असार शुक्ल पूर्णीमाका दिन आज गुरुप्रति सम्मान प्रकट गर्दै गुरुपूर्णिमा मनाईदैछ ।
विद्यार्थीले आफूलाई विद्या दान गर्ने गुरुलाई पुजा र सम्मान गरी मुलुकभर आचार्य दिवसका रुपमा गुरुपूर्णिमा पर्व मनाउदैछन् ।
प्राचिन कालदेखिनै हिन्दु संस्कृतिमा अज्ञानतारुपी अन्धकारलाई प्रकाशतर्फ र्डोयाउने गुरुलाई ब्रह्मा, विष्ण्ुा, महेश्वर र परब्रह्म् भनी उच्च सम्मान गरिदै आइएको छ ।
आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासको सम्झना पनि गर्ने गरिन्छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो ।
हिन्दू मान्यताअनुसार सङगीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् ।
यसैबीच आज पशुपतिनाथका मुलभट्टबाट पूजन भएपछि सर्वत्र क्षेत्रमा गुरुपूर्णीमा सुरु भएको मानिन्छ । विशेष गरी नाथ सम्प्रदायका योगीले यस दिन गुरु गोरखनाथको पुजा गर्ने चलन छ ।
यसै अवसरमा आज पशुपति क्षेत्रमा रहेको दक्षीणमुर्तिको मन्दिर खुला गरिने भएको छ । यो मन्दिर गुरुपूर्णीमाका दिन मात्र खुल्ला रहने गर्छ ।