विप्लव माओवादीले सल्यानमा अभियान चलायो

विप्लव माओवादीले सल्यानमा अभियान चलायो

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सल्यान साउन १५ सल्यान
विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले क्षेत्र नं. २ मा संगठन सुदृढिकरण तथा विस्तार अभियानको आज उद्घाटन गरेको छ ।
सल्यानको लुहाम बजारमा अभियानको उद्घाट्न गर्दै पार्टीका सह सेक्रेटरी लोकपाल केसीले पार्टीको संगठन सुदृढ गर्ने जनतासम्म पार्टीलाई लैजाने उद्देश्यका साथ अभियान थालेको बताएका छन । आज उद्घाटन भएको अभियान काारागिठीबाट सुरु भई कालिमाटी रामपुरमा पुगी समापन हुनेछ । क्षेत्र नं. २ को नेतृत्व पार्टीका सचिवालय सदस्य वीर बहादुर वि.कले गर्नेछन ।
२ वटा निर्वाचन क्षेत्र रहेको सल्यानमा माओवादीले दुवै क्षेत्रमा आजै अभियानको उद्घाटन गर्ने कार्यक्रम भएतापनि क्षेत्र नं. १ मा रुकुमबाट अभियानका लागि आउने टोलीको स्वागतका लागि भोलि नै दुवै कार्यक्रम गरिने माओवादी सल्यानका सेक्रेटरी असल क्षेत्रीले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी