विपद व्यवस्थापनका लागी अपरेटिङ्ग कक्ष संचालन हुने

विपद व्यवस्थापनका लागी अपरेटिङ्ग कक्ष संचालन हुने

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 साउन १५, सल्यान
सल्यानमा दैवि प्रकोपबाट हुने विपद व्यवस्थापनका लागी अपरेटिङ्ग कक्षको स्थापना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको दैवि प्रकोप तथा विपद व्यवस्थापन समितिको बैठकले जिल्ला विकास समिति सल्यानमा सो कक्षको स्थापना गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिएका छन ।

त्यस्तै बैठकले श्रावण २२ गते शुक्रबार जिल्लाका सरोकारवालासंग विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

सल्यानमा गतबर्षको बर्षामा गएको पहिरोले पश्चिमका निगाल्चुला, कालिमाटी काल्चे र काप्रेचौरमा धन जनको व्यापक क्षति पुऱ्याएको थियो भने दाङ्ग सल्यान हुदै रुकुम जोड्ने राप्ती राजमार्गमा पहिरोले क्षति पुऱ्याउदा जनजिवन प्रभावित बनेको थियो । यसबर्ष त्यस्तो समस्या देखापरेमा तत्काल समाधानका लागि योजनावद्ध रुपमा लाग्ने पाण्डे बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी