क्यानडा र अष्ट्रेलिया पठाइदिने भनी ठगी गर्ने पक्राउ

क्यानडा र अष्ट्रेलिया पठाइदिने भनी ठगी गर्ने पक्राउ

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौा, १५ साउन
क्यानडा र अष्ट्रेलियामा वर्किङ भिषामा पठाइदिन्छु भनी रकम ठगी गर्ने भक्तपुर दुवाकोट बस्ने सर्लाही लालबन्दी गाविस–१ का ३१ वर्षीय प्रताप भट्टलाई महानगरीय अपराध महाशाखाले बिहिबार काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको छ ।
भट्टले साउन २, १२ र १४ गते कान्तिपुर पत्रिकाको बर्गीकृत विज्ञापनमा ‘क्यानडा, युरोप, अष्ट्रेलिया, ओर्क भिषा स्योर’ भनी मोवाईल नम्बर ९८०३५५९०४० र ‘क्यानडा, अष्ट्रेलिया डिपेन्डेन्ट म्यारिज’ भनि ९८१३११४७७६ नम्बर राखी विज्ञापन गरेकोमा विज्ञापनलाई हेरी काठमाडौं धापासी बस्ने कृष्ण कुवारले सम्पर्क गर्दा २७ लाख रुपैयाा लाग्छ भन्दै तत्काल २ लाख ७५ हजार रुपैयाा चाहिन्छ भनि रकम  माग गरेका थिए ।
विदेश जाने प्रलोभनमा माग गरेको रकम दिएकोमा काम नभएपछि पीडित कुावरले महाशाखामा ठगी मुद्दामा जाहेरी दिएपश्चात प्रहरीले भट्टलाई पक्राउ गरेको हो । क्रिष्चियन धर्म मान्ने पोष्चर भट्टले काभ्रे महांकाल घर हुने ढुप्साङ्ग लामा, पर्सा सुर्वणपुर घर हुने पर्वत श्रेष्ठ, रामेछाप घर हुने भरत मगरसमेतलाई प्रतिव्यक्ति १२ लाख रुपैयाा दिएमा चर्चमार्फत सजिलैसाग अमेरिका पठाइदिन्छु भनि ३ लाख ६० हजार रुपैयाासमेत लिएको खुल्न आएको छ ।
भट्टलाई ठगी मुद्दामा कारवाहीकालागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी