काठमाण्डौ,१५ साउन ।
बैदेशिक रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन । बेलौरी वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना ठगिएका हुन ।
स्थानीय एजेन्ट मानबहादुर तामाङको सहयोगमा काठमाडौँस्थित स्मार्ट ओभरसिज प्रालि नामक मेनपावर कम्पनीलाई रु एक लाख ५० हजार रकम बुझाएर मलेसिया पुगेका युवालाई रोजगारदाता कम्पनीले भनेअनुसारको तलब र काम नदिएपछि उनीहरु नेपाल फर्किएका छन ।
उनीहरुले मलेसिया पठाउने मेनपावर कम्पनीमाथि कारबाही र मेनपावर कम्पनीले असुलेको पैसा फिर्ता हुनुपर्ने माग गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline