स्पष्ट कानुनको अभावमा उपभोत्ता मर्कामा

स्पष्ट कानुनको अभावमा उपभोत्ता मर्कामा

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १५ साउन ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले ग्यास उद्योग सञ्चालन तथा व्यवस्थापन र ग्यास वितरणसम्बन्धी स्पष्ट ऐननियमको अभावमा उपभोक्ताले समस्या भोग्नु परेको जनाएको छ ।

ग्यास आपूर्ति एवम् व्यवस्थापनका विषयमा छलफल गर्न शुक्रवार बसेको समिति बैठकले ग्यास उद्योग तथा वितरणलाई कानुनले सम्बोधन गर्न नसकेको निश्कर्ष निकालेको हो ।

बैठकमा सहभागी सभासद्ले ग्यास उद्योग तथा वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, ग्यासको मूल्यलाई स्वचालित गराइनुपर्ने र आयल निगमको व्यवस्थापनको पुनःसंरचना गरिनुपर्नेलगायतका सुझाव दिएका थिए  ।

बैठकको अध्यक्षता गर्नुभएका समितिका सभापति भीष्मराज आङ्देम्बेले उपभोक्तासँग सम्बन्धित प्रस्ट ऐन तथा नियम नहुँदा आम उपभोक्ता समस्यामा परेको भन्दै सो विषयमा सरकारको ध्यानाकर्षण गराउने बताउनु भयो ।

उहाँले उपसमितिले दिएका सुझाव तथा निष्कर्षका आधारमा सम्बन्धित निकायसँग छलफल गर्ने बताउनु भयो ।

ग्यास आपूर्ति तथा व्यवस्थापनसम्बन्धी उपसमितिका संयोजक नारायणबहादुर कार्कीले ग्यासम्बन्धी कुनै पनि कानुन नभएको र त्यसको मार उपभोक्तामाथि पर्ने गरेको बताउनु भयो । उहाँले ग्यासको आपूर्ति तथा व्यवस्थापनका लागि कानुन आवश्यक भएको बताउनु भयो ।

संयोजक कार्कीले उपभोक्ता हितसम्बन्धित ऐन, नियमावली समयसापेक्ष बनाइनुपर्नेमा र बजार अनुगमनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सभासद् श्यामकुमार श्रेष्ठले आवश्यक कानुनी संरचना तयार गरी ग्यास उद्योगलाई नियमन गर्नुपर्ने बताउनु भयो ।

यसैगरी , सभासद् चन्द्र महर्जनले वातावरणमैत्री उद्योगको सञ्चालन तथा व्यवस्थापनका आवश्यक नीति तयार गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी