काठमाडौं, साउन १५ –
गुरुपूर्णिमाको अवसरमा सर्च इन्जिन गुगलले आकर्षक डुडल्स सार्वजनिक गरेको छ । गुगलले आफ्नो सर्च इन्जिन साइट गुगल डट कममा कक्षाकोठाको सेतोपाटी आकारको कलात्मक डुडल्स प्रदर्शन गरी गुरुहरुप्रति सम्मान तथा आदर प्रकट गरेको छ ।
डुडलमा संगीत, विज्ञान, गणित, दर्शन, भूगोल, खगोल आदि विभिन्न विषय दर्शाउने चित्र समावेश छन् । यी सबै विषयमा ज्ञान दिने गुरुप्रति डुडलले सम्मान व्यक्त गरेको छ । डुडल्समा चलिरहेको हातहरु अन्त्यमा नमस्कारको शैलीमा जोडिन्छन्न, जसले गुरुप्रति नमन गरेको देखिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline