काठमाडौं, १४ साउन
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वधानमा केन्द्रिय प्रहरी विषेश कार्यदल कपनमा संचालित विषेश ट्याक्टिकल ८ औं समूहको तालिम समापन भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक गणेशराज राईले बिहिबार आयोजित एक समारोहबीच प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा उहााले शारिरिक तथा मानसिक रुपमा अत्यन्तै कठोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरुलाई बधाई दिदौ संगठनले प्रशिक्षार्थीहरुबाट विषेश अपेक्षा राखेको बताउनुभयो ।
आतंक क्रियाकलाप, अपहरण, डकैती, शसस्त्र बिदोह गस्ता गम्भीर प्रकृतीका अपराधीक कार्यहरुको रोकथाम एवं नियन्त्रणका लागि बिशिष्टीकृत समूहको रुपमा गठन भएको विषेश कार्यदलको विशिष्ट महत्व रहेको र मुलुकमा आउने विषम परिस्थिीतिमा कार्यदलको मुख्य भूमिका रहने बताउदौ प्रशिक्षार्थीहरुलाई व्यवसायिक दक्षता, सिप, ज्ञान, कला कौशल वृद्धी गरी सामान्य प्रहरीहरु भन्दा विशिष्टिकृत प्रहरी निमार्ण गरिएको समेत उहााले बताउनुभयो ।
तालिममा विष्फोटक पदार्थ ह्याण्डलिङ्ग तथा डेमोलेसन, हतियार ह्याण्डलिङ्ग तथा फायरिङ्ग, नक्सा अध्ययन, विद्रोह प्रतिविद्रोह, जमिनी कला, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
समारोहमा प्रहरी उपरीक्षक घनश्याम अर्यालले धन्यवाद ज्ञापन तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।
गत चैत १८ गते देखि संचालित ९० कार्यदिनको उक्त तालिममा प्रहरी निरीक्षक ३, प्रहरी सहायक निरीक्षक ७ र प्रहरी जवान ११५ जना गरी कुल १२५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।