श्रावण १४ ताप्लेजुङ ।
संघीय लिम्बुवान पार्टी नेपालले गत जेष्ठ २७गते, ताप्लेजुङको पश्चिमीगाविस खोक्लिङ, लिबाङ, थिङ्लाबु, लिङ्तेप, थूकिमा र खाम्लुङकापहिरो पीडितलाई प्रति मृतक परिवारलाई ८ हजार र विस्थापित परिवारलाई ४ हजारका दरले नगद राहतवितरण गरेको छ ।
लिम्बुवान पार्टीका सचिबालय सदस्यकुमार साम्यू र जिल्लाकार्य समितिअध्यक्ष कृतिमानमादेन सहित १० जनाको टोलीद्धारा वितरित राहतवितरणले पहिरो पीडितको भावनालाई कदर गरेको विश्वास संघीय लिम्बुवान पार्टी नोपालले गरेको सचिवालय सदस्य साम्यूले बताए ।
राहतवितरणश्रावण १२ गतेदेखि १४ गतेसम्म संचालनगरिएको राहतवितरण आज सकिएको श्रोतले बताएको छ । आजसम्मथिङलाबु र सान्थाक्रामा ५ मृतक परिवार र १८ विस्थापितत्यस्तै खाम्लुङ, लिङतेप, थूकिमा गरी ५ मृतक परिवार र ३६ विस्थापित परिवारलाई २ लाख ९६ हजार रुपैयाा राहतवितरण गरिएको छ । उक्त राहत रकम संघीय लिम्बुवान पार्टी नेपाल, प्रबास समिति यू.ए.ई, बहराईन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, मलेशिया, अष्ट्रेलिया र यू.के. बाट संकलनगरिएको हो ।
लिबाङ र खोक्लिङमापहिरोको कारण ध्वस्तभएको संरचना, खानेपानीपुर्नस्थापनाको सम्भ्यावताको पहिचानगरिएको र अबको राहतवितरण यीदुईओटा गाविसमा केन्द्रीतहुने जिल्लाअध्यक्षमादेनले बताए ।