‘नाई नभन्नू ल’ सिरिजको चौथो शृंखलाको मुख्य भूमिकाका लागि अन्ततः मोडल पल शाह चुनिएका छन ।
निर्देशक बिकास आचार्यले ‘नाई नभन्नू ल’ सिरिजको चौथो शृंखलाको लागि पल शाह नै उपयुक्त देखिने भएकाले मुख्य भूमिकाका लागि चुनेको बताउनु भयो ।
निर्देशक आचार्यले स्क्रिृप्टले खोजिरहेको अनुहारमा पल नै उपयुक्त रहेको दाबी गरे । करिब दुई वर्षदेखि म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका पलले डेढसय भन्दा बढी म्युजिक भिडियो अभिनय गरीसकेका छन ।
मुख्य भूमिकाका लागि हिरो तय भएपनि हिरोइन भने अझै खोजिरहेको आचार्यले बताए । अबको केही समयमा पनि हिरोइन तय गरि उनीहरुलाई आवश्यक प्रशिक्षणका लागि पठाउने आचार्यले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline