पोखरा,साउन १२
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले स्याङजामा काग्रेसका एक नेताको जग्गा कब्जा गरेको छ ।
जिल्लाको खिलुङ देउराली गाबिस बडा नं ९ घर भएका खुमा अर्यालको कालिका एर्गा फर्ममा माओबादी कार्यकर्ताहरले कालो झन्डा गाडेका छन । अर्याल एक ब्यबशायी तथा नेपाली काग्रेसका नेता हुन ।
माओबादीले अर्यालले बिभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरेर दर्ता गरेको , अख्तियारले अनियमितताको बारेमा पटक –पटक पत्राचार गर्दा समेत राजनितक आडमा बेवास्था गरेको भन्दै चेतावनी स्वरुप जग्गा कब्जा गरेको नेकपा माओबादी स्याफ्जाले जारी गरेको सार्वजनिक अपिलमा उल्लेख गरिएको छ ।
माओबादीले अर्याललाई बिभिन्न सातवटा आरोप लगाएको छ ।
सार्वजनिक जग्गा कब्जा गरेर कृषि फर्म सञ्चालन गरेको,हेलु फलेबास जाने मोटरबाटो र्निमाणका भ्रष्टाचार गरेको,खोलामा धार परिबर्तन हुने गरी नै डोजर लगाएर प्राकृतिक दोहन गरेको,बिद्यालयको जग्गा अतिक्रमण गरेको,बिद्यालयमा बाताबरणीय असर पर्ने गरी फर्म सञ्चालन गर्न खोजेको,बिभिन्न भ्रष्टाचारीहरुको हिसाव अडिट मार्फत मिलान गराई राज्यको आाखा छलेर ठुलो कमिसन खाने गरेको लगायतको आरोप लगाईएको छ ।