काठमाडौं, १३ साउन ।
नयाँ संविधानमा धर्मनिरपेक्षता कायम हुनुपर्ने धर्मोदयसभाले माग गरेको छ । अन्तरिम संविधान २०६३ मा उल्लेख भइसकेको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई हिन्दू अतिवादीहरुले धार्मिक सहिष्णुतामा खलल पुर्याने गरी हिन्दू राष्ट्र कायम गर्न चलखेल शुरु गरेकाले सबैले सजग हुनुपर्ने बेला आएको सभाको विज्ञप्तिमा भनीएको छ ।
‘धार्मिक स्वतन्त्रता भन्ने शब्द होइन धर्म निरपेक्षता नै कायम हुनु पर्दछ ।’ जनजाति अगुवा नेता तथा धर्मोदयसभाका उपाध्यक्ष ईन्द्रबहादुर गुरुङले भने । राज्यका हरेक निकायमा आदिवासी जनजातिले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व चाहेको उल्लेख गर्दै धर्म निरपेक्षता कुनैप्नि हालतमा परिवर्तन हुन नहुने नेता गुरुङले बताए ।
कार्यक्रममा सभाका अर्का उपाध्यक्ष सुचित्रमान शाक्यले धर्मको नाममा राष्ट्रको नामाकरण गर्नु अप्रजातान्त्रिक भएको भन्दै धर्म निरपेक्षता कायम गर्न जस्तोसुकै परिस्थितीको समाना गर्न पनि सबैले एकजुट हुनुपर्ने बताए ।
राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मार्फत सभाले विज्ञप्ति जारी गर्दै अन्तरिम संविधान २०६३ ले संवैधानिक मान्यता प्रदान गरीसकेको धर्मनिरपेक्ष राष्ट्रका रुपमा यथावत कायम राख्न माग गरेको छ । विज्ञप्तिमा भनीएको छ । ‘नयाँ संविधानमा अन्तरिम संविधान २०६३ को धारा ४ लाई अपरिवर्तनीय र यथावत राख्नुपर्दछ ।’
पत्रकार सम्मेलनमा विभिन्न वक्ताहरुले धर्मरिपेक्षताका पक्षमा आफ्ना विचार राखेका थिए । कार्यक्रम सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline