काठमाडौ १३ साउन
संविधान सभाको बैठक अहिले बसिरहेको छ । संविधान सभा भवन नयँबानेश्वरमा जारी बैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिले पेश गरेको प्रतिवेदन माथि सैद्धान्तिक छलफल भइरहेको छ ।
प्रारम्भिक मस्यौदामा जनताबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन माथि आज संद्धातिक छलफल गरी आजै सम्वाद समितिमा बुझाउने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ ।
१ लाख ८६ हजार भन्दा बढी जनताको सुझाव समेटिएको प्रतिवेदनमाथि छलफलका लागि सम्वाद समितिले पाँच दिनको समयसीमा पाउनेछ । सम्वाद समितिमा छलफल पछि प्रतिवेदन पुनः संविधान सभामा पठाउने कार्यसुची रहेको छ ।
यसैबिच मधेशी चार दलले आजको संबिधान सभाको बैठक बहिस्कार गरेका छन । बैठकको सुरुमा बिशेष समय लिएर बोल्दै सद्भावनाका लक्ष्मणलाल कर्णले नागरिकता सम्वन्धी अहिलेको व्यवस्था अन्तरिम संविधान भन्दा पनि गएगुज्रिएको भन्दै बैठक बहिस्कार गरेको घोषणा गर्नुभएको थियो ।
उहाले राष्ट्रपतिदेखि केही पदाधिकारीका लागि वंशजको नागरिक हुनु पर्ने नयाँ व्यवस्थाले तेस्रो नम्बरको नागरिक पैदा गर्ने काम गरेको बताउनु भयो । बैठक बहिस्कार गर्नेमा संघीय मधेस समाजवादी पार्टी, तमलोपा, सद्भावना सहितका चार दल रहेका छन ।