प्रजातन्त्रवादी प्राध्यापक संघद्धारा कुलपति बनाउन सिफारिस

प्रजातन्त्रवादी प्राध्यापक संघद्धारा कुलपति बनाउन सिफारिस

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,१३ साउन ।

काग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघले सातवटा विश्वविद्यालयमा रिक्त हुन लागेका उपकुलपति पदमा नियुक्तिका लागि विभिन्न प्राध्यापकको नाम सिफारिस गरेको छ ।

संघले यही साउन २३ गतेदेखि रिक्त हुने त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय,मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र वन तथा कृषि विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गरेको हो ।

नेपाली काँग्रेस निकटका प्राध्यापक आबद्ध रहेको सङ्घले सबै रिक्त पदका लागि आफ्नो तर्फबाट नामावली तयार पारेर शिक्षामन्त्री चित्रलेखा यादवलाई सिफारिस गरेको संघका  कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिनुभयो ।

लामो समयदेखि करार सेवामा रहेका शिक्षण सहायकलाई प्रक्रिया पुर्याएर अस्थायी दरबन्दीमा उपप्राध्यापक पदमा नियुक्त गर्न र विश्वविद्यालय सेवा आयोगमार्फत तुरुन्त स्थायी गर्न संघले सरकारसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ