काठमाण्डौ,१३ साउन ।
बिभिन्न बिवादित अभिव्यक्ति दिदै पटक पटक पक्राउ परेका डा सिके रावतका समर्थकले आज महोत्तरी बन्दको आह्वान गरेका छन । प्रहरी ज्यादतीको बिरोध गर्दै राउतका समर्थकहरुले महोत्तरीका बिभिन्न स्थानमा बन्द गराएका छन ।
बन्दका कारण महोत्तरीको जनजिवन प्रभाबित भएको छ । गयराती बलवामा सिके राउतको भिडियो हेर्न जम्मा भएका समर्थकहरुमाथि प्रहरीले लाठ्ीचार्ज र हवाई फायर गरेको भन्दै उनीहरुले बन्द गराएको बताएका छन ।
हिजो भएको झडपमा २५ जना रावतका समर्थक घाइते भएका थिए । उता, प्रहरीले भने प्रशासनलाई जानकारी नगराई भिडियो देखाउन खोजेको भन्दै प्रोजेक्टर मात्र नियन्त्रणमा लिएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline