काठमाडौ १३ साउन ।
हिजो दिनभरीमा भूकम्पको तीन वटा पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ९ बजेर २३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको हो ।
यस्तै बेलुका ६ बजेर ३८ मिनेटमा दोलखा नै केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको तथा बिहान ९ बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ ।
शाक्तिशाली भूकम्पपछि लगातार आइरहेको पराकम्प पछिल्लो पटक कम हुदै गएपनि अझै रोकिएको भने छैन । वैशाख १२ यता हालसम्म ३ सय ६४ वटा पराकम्प गएको छ । स साना पराकम्पन अझै आइरहेकाले सतर्क हुन विज्ञले सुझाव दिएका छन् ।
ठूला भूकम्पपछि स साना पराकम्प वर्षाैसम्म आउन सक्ने भएपनि त्यसको अवधि भने कम हुने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline