सन् १९६५ अक्टोबर ८मा राजधानी जकार्ताबाट इन्डोनेसियाको कम्युनिष्ट पार्टी(पिकेआई)का बिरुद्ध सेनाले जुन सैन्य दमन अभियानको सुरुवात गर्यो । त्यसै क्रममा करिब दश लाख मानिसहरुको हत्या गरियो । र,हजारौ संख्यामा गिरफ्तार एंव अंगभंग बनाईएका थिए । सरकारी समाचार माध्यमाबाट यस्ता समाचार प्रसारण गरिए कि देशै भरिका पार्टी सदस्य र समर्थकहरु माथि कम्युनिष्ट बिरोधी तत्वहरुबाट आक्रमण गरियो । जकार्ता बाहेक जाबा,वाली र शुमात्रामा पनि आम नरस्हारहरु भए । फेरी इतिहासमा यस्तै आम नरसंहार सन् १९९४मा अफ्रीकाको रुवान्डामा घटेको थियो । जहाँ ८ लाख मानिसहरुले ज्यान गुमाएका थिए । त्यस्तै इन्डोनेसियाको रक्तपातको फलस्वरुप सेनाका जनरल सुहार्तोले राष्ट्र्पति सुकर्णलाई अपदस्थ गरेर सत्ताको बागडोर आफ्नो हातमा लिएका थिए ।
आम नरसंहार भएको २५ बर्ष पश्चात् सन् १९९०मा यस्ता थुप्प्रै दस्तावेजहरु प्रकाशित भए । जसबाट के कुरा पुष्टि हुन्छ भने यी सारा घटनाहरु अमेरिकी गुप्तचर संस्था सिआईए) को प्रत्येक्ष रेखदेखमा घटाईएको थियो । विभिन्न राजनीतिक बिश्लेषक र अमेरिकी विशेष बिभागका अबकाश प्राप्त कर्मचारीहरुका लेख,स्मरण तथा साक्षात्कार हरुबाट अमेरिकाले इन्डोनेसियाका विरुद्ध यस्तो एक खतरनाक षड्यन्त्र बनाएको थियो ।जुन आम नरसंहारमाका रुपमा ब्यक्त हुन पुग्यो भन्ने कुरालाई प्रमाणित हुन्थयो । सन् १९६२ देखि १९६६ सम्म दक्षिण पुर्वी एसिया अतब प्रमुख रहेको विलियम काल्चीले इन्डोनेशियाका कम्युनिष्टहरुको आम नरंसंहारलाई स्वागत मात्र गरेनन् अपितु अप्रेशन फोनिक्स नामक एक कार्यक्रमका रुपमा दक्षिण भियतनाममा पनि प्रयोग गरेका थिए । अप्रेशन फेनिक्सको उद्देश्य उत्तरी भियतनामका राष्ट्रिय मुक्ति मोर्चाका सदस्यहरु र भियतनामी छापामारहरुको एफाया गर्नु थियो । द्धितिय विश्वयुद्ध पछाडी यदी अमेरीकि साम्राज्यवादलाई चुनौतिदिने घटनाका रुपमा भियतनाम युद्धलाई स्मरण गरिन्छ भने इन्डोनेशिया कम्युनिष्ट विश्लेषकहरुले विश्लेषण गर्ने गरेका छन् ।
ईन्डानेशियामा यस्तो क्रुर संहार गर्नुपर्ने बाध्यता अमेरीकालाई किन प-यो ? बास्तवमा सन् १९६५ इन्डोनेशियाको कम्युनिष्ट पार्टीको शक्ति र हैसियत ेभियतनाम संघ र चीन पछाडीको संसार कै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रुपमा स्थापित थियो । यसका ३५ लाख संगठित सदस्यहरु थिए र मजदुर किसान युवा विद्यार्थी, महिला आदिमा सम्बद्ध संगठनहरुका सदस्य संस्थालाई पनि यसैमा जाड्ने हो भने करीव ३ करोड सम्म पुग्छ । इन्डोनेशियाको तत्कालिन कुन जनसंख्या करीव ११ करोड थियो भने पार्टीका विभिन्न तहका मुख्य नेतत्वदायी सदस्यहरु प्नि पार्टीको नै बहुमत थियो । दक्षिण पूर्वी एसियाका भियतनाम, लाओश र कम्वोडियाको स्थितिलाई मध्ये नगर गर्दै ईन्डोनेशियाको यो जन उमारलाई अमेरिकाले नयाँ चुनौतिका रुपमा लिदै आतंकित बनेको थियो । सन् १९६५ को सितंवर मा एक उच्च स्थिरीय अमेरीकी गुप्तचार रिर्पोर्टमा यो चिन्ता ब्यक्त गरिएको थियो कि २–३ वर्ष मित्र इन्डोनेशियाको सरकारमाथी कम्युनिष्ट सम्पूर्ण रुपमा कब्जा गर्नेछन् ।” तात्कालिन अमेरीकी राष्ट्रपति रिचर्ड निक्सन उत्तरी भियतनाममा बम हमला गर्ने योजना बनाउदै थिए भने इन्डोनेशियाको स्थितिलाई नियन्त्रण गर्न सि.आ.ए.लाई जिम्मेवारी दिईएको थियो ।
पि.के.आईको स्थापना सन् १९२० मा भएको थियो र दक्षिण पुर्वी एसियाको यो नै पहिलो कम्युनिष्ट पार्टी थियो । यसले मजदुर किसानका विच थुप्रै काम ग-यो र संभर्षको लामो इतिहास निर्माण ग-यो । सन् १९२० र १९३० को दशकमा यसले डच उपनिवेशका विरुद्ध संघर्ष ग-यो स्वतन्त्रता प्राप्त ग-यो । उपनिवेशबाद विरुद्धको संघर्षमा पीकेआईलाई अहमत सुकर्णको राष्ट्रवादी पार्टीले साथ दिएको थियो पछि देशका राष्ट्रपति बन्ने ।
पिकेआईको सबैभन्दा ठूलो कमजोरी सन् १९५० को दशकको प्रारम्भिक वर्षहरुमा उसले समाजवादको लक्ष्य प्राप्त गर्न शान्तीपूर्ण बाटो रोज्नु थियो । सरकारका प्रगतिशिल तप्काको साथ तालमेल गरी इन्डोनेशियाका साम्राज्यवादी परस्त प्रतिक्रियावादी तत्वहरुलाई सत्तामा आउनबाट अब यसैको आधारमा रोक्न सकिन्छ भन्ने सोचेको थियो किन की उसका धेरै भन्दा धेरै मानिसहरु दस्यहरुको सेनामा धुसपैठ थियो र सरकारमा पनि प्रमुख भुमिकामा थिए । यहि कारणले सन् १९६५ आउदा नआउदै पि.के.आई.ले आफ्ना छापामारहरुलाई निःशत्र ग-यो र आफ्ना विरुद्ध सशस्त्र आक्रमण भएमा त्यसको प्रतिरोध गर्न सक्ने स्थितिमा पार्टी रहेन् । सन् १९४५ अगस्त १७ मा इन्डोनेशियामा गणतन्त्रको घोषणा भयो र २१ अक्टुवरमा पी.केआई माथिको सम्पूर्ण प्रतिबन्ध हट्यो सन् १९४५ मा जापानीहरुलाई नराम्रो पराजीत गराएपनी उच आक्रमणकारहरुले पुनः कब्जागरे र तिनिहरुका विरुद्ध सन् १९४५–४७ मायीनिहरुका विरुद्धको संघर्षमा पि.केआईका छामामारहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए । सन् १९४५–४९ सम्म पिकेआईको अगाडी यस्तो अवसर थियो कि उसले दिर्घकालिन जनयुद्धको शुरुवात गर्न सक्दथ्यो तर यो अवसर गुमायो ।
सन् १९५१ बाट युवा कम्युनिष्टडिएन ऐदितले पार्टीको नेतृत्व सम्हालेरका थिए हेर्दा हेदै उनले देशभित्र मजदुर आन्दोलन जवर जस्त लहर पैदा गरे । स्थिति यस्तो बन्यो किएक पटक पुनः पाटी भुमिगत हुनुप¥यो । ऐदितले राष्ट्रिय पुँजीवादी वर्गसंग कार्यगत एकता गठबन्धन गर्ने नीति लिए र राष्ट्रपति सुर्कणसंग छलफल शुरु गरे सुर्कर्ण र उनका समर्थहरुले पीकेआईलाई ‘सिविल’ पार्टी बनाउन माग गर जसलाई अपित मध्य जावामा अवस्थित आफ्ना छापामार सेनालाई पनि निःशस्त्र गरे । यो एक यस्तो भुल थियो जस्को पीकेआईले ठूलो मुल्य चुकाउनु प-यो ।
सन् १९५९ पीकेआईको छैठौ महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सुकर्णले यो कुरामा खुसी ब्यक्त गरेकी ‘पी के आईले प्रष्ट संग भनिरहेको छ राष्ट्रिय एकता अपरिहार्य छ ।” सुर्कर्णले आफुलाई ‘ इन्डोनेशियाली समाजवाद’को प्रवर्तक ठान्दथे र सन् १९६५ मा त उनले अब आफ्नो देश समाजवादीको चरणमा प्रवेश गर्दैछ भनि घोषणा नै गरे । ऐदितले सदैव सुकर्ण र सरकारमा सहभागी प्रगतिशिल शक्तिहरु मथि तथा प्रतिक्रियावादी शक्तिहरुका विरुद्ध प्रतिरोध गर्नका लागि राष्ट्रिय सेना माथि बढी नै अपेक्षा गरेका थिए । पार्टीको सेना भित्र आफ्ना समर्थकहरुको राम्रो संख्या गएर गरिएको थियो । ऐदितको कथन थियो इन्डोनेशिया राज्य भित्र दुई धार सामेल छन् एक–जनपक्षियधार हो र दोस्रो जनविरोधिधार हो । प्रथम धार अन्र्तगत राष्ट्रपति चीनियाँ कम्युनिष्टहरुका बीच धेरै छलफल गरे जसमा ‘दुई पक्ष भएको राज्य’ को चर्चा गरे । सन् १९६३ मईमा चीनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र रातो झण्डा ले इन्डोनेशियाको कम्युनिष्ट पार्टीको प्रशंसा गर्दे एक लेख लेख्यो । सन् १९६३ मा चीनको विदेशी भाषा प्रकाशन गृहले ऐदितका संकलित रचनाहरु पनी प्रकाशित ग¥यो ।
जहाँ सम्म अमेरिकाको सवाल छ उसले शुरुमा राष्ट्रपति सुकर्ण नेतृत्वको सरकारलाई समर्थन ग-यो तब अमेरीकाको चिन्ता बढन थाल्यो । यती मात्र कहाँ हो र पीकेआइको बढी रहेका शक्तिबाट पनि आंतकीत थियो । सन् १९४२ मा पीकेआईको सदस्य संख्या आड हजार थियो जुन सन १९५९ सम्म बढेर १० लाख भन्दा बढी हुन पुग्यो । यो कुरालाई ध्यान दिदै उसले अमेरीका इन्डोनेशियाको सेनामा आफ्नो घुसपैठ बढाउन शुरु ग-यो र सैन्य सहायताको राशीमा बृद्धि ग¥यो । र सैन्य सहायताको राशीमा बृद्धि ग-यो । सन् १९५० को दशकको अन्तीम वर्षबाट नै अमेरीकानै समर्थक पक्षका दुईजना जनरलहर नसुशन र सुहार्तोले इन्डोनेशियाको सेनामा प्रतिविद्रोह काउण्टर इन्सरजेन्सी का कार्यक्रम जोडदै रुपमा शुरु गरे सन् १९५५–६५को अवधिमा इन्डोनेशियायी सेनाका अफिसरहरु मध्य २५ प्रतिशतलाई अमेरिकाले प्रशिक्षित ग¥यो ।उसले इन्डोनेशियाको सोशलिष्ट पार्टी (पीएसआई) लाई पनि जबरजस्त समर्थनगरेको थियो । पीकेआईको पक्कड इन्डोनेशियाका ग्रामीण क्षेत्रमा धेरै राम्रो थियो । त्यहाँको स्थितिलाई मध्येनजर गर्दै पार्टीले जावा र वालीका ग्रामीण क्षेत्रमा किसान विद्रोको नेतृत्व गरेको थियो । किसानहरुले सामन्त जमिन्दारहरुका जमिन कब्जा गरेका थिए र ती जमिन्दाहरुलाई अमेरिकाको पूर्ण समर्थन थियो । यो जमिन कब्जा गरेको थिए रती जमिन्दा हरुलाई अमेरिकाको पूर्ण समर्थन थियो । यो संघर्षमा केहि असफलताको सामाना गर्नु परे तापनी पीकेआई करीव ३५ लाख सदस्यहरुको पार्टी हुनुनको नाताले उसको मनोवल भने धेरै नै बढेको थियो । अब उसले संघर्षका तिन रुपको संयोजन गर्न निति बनायो । यस अनुसार गाउँमा छापामार युद्ध चलाउने शहरहरुमा मजदुर आन्दोलन सञ्चालन गर्ने र सेनामा घुसपैठ गराएर सैनिकहरु विच काम गर्ने पर्दथ्यो । जवसन् १९६५ मा पार्टीले सेना भित्र सरल ढंगले हसतक्षेत्र गर्न शुरु ग¥यो तब उसले यो विश्वास गरेको थियो कि उसको साथमा कुनै सैन्य छैनन.् यद्यपी उसले सेना भित्रका प्रगतिशील तत्वहरुलाई समेटेर आफुलाई शक्तिशाली बनाउन खोज्यो यो आगो लागेपछि कुवा खन्नु थाल्नु जस्तै काम थियो । ऐदितलाई यो कुराको आभास हुदै लागेपछि कुनै बहानामा सेनाले पार्टी माथि हमला गर्न सक्छ किनकी अमेरिकाको हस्तक्षेप धेरै बढी सकेकोथियो । पुरानो दस्तावेजहरु ह्ेर्दा के पाईन्छ भने सन १९६५ सम्ममा अमेरिकाले पीकेआई माथी हमला गर्ने योजना बोकिसकेको थियो । त्यस समयको बारेमा अतब को एक दस्तावेजबाट के थाहा पाईन्छ भने सैन्य कमाण्डर अहमत यानी र अन्य चार दक्षिणपन्थी जनरलहरुको जनवरी १९६५ मा एक बैठक भएको थियो त्यसमा देशको विग्रदो राजनीतिक स्थिति माथ िछलफल गरियो र यस्तो परिवेशमा सेनाले के गर्नुपर्दछ ? भन्ने सल्लाह गरिसके लगभग यसैको वरीपरी यानी ले एक अमेरीकी सैन्य सल्लाहकारलाई भनेका थिए ‘हामी संग बन्दुक छन र हामीले उनीहरका बन्दुक अब उनीहरुको(कम्युनिष्ट) पक्कड पहुच भन्दा टाढा गरीसक्यौ । त्यसैकारण यदी मठभेड भएका हामी उनीहरुलाई ध्वस÷सफाया गरी दिने छौ । मार्च १९६५ फिलिपिन्समा अमेरीकी विदेश विभाग अधिकारीहरुको एक बैठकमा राजदुमतले यानी र उनका जनरलहरुको निर्देशन दिईदै छ की यदी पी के आइको तर्फबाट कुनै असफल विद्रोही वा सैन्य विद्रोहको कोशिष भयो इन्डोनेशियामा रानीतिक दृष्टिले हावाको रुख मोडन सक्छ भनेका थिए ।
यी नै जनरलहर र अमेरुकाले एक योजनामाथी काम शुरु गरे । यो निश्कर्ष निकालियोकी प्रथमतःपीकेआईलाइ दमन गर्नेर द्धितिय चरणमा राष्ट्रपति सुकर्ण एव उनका समर्थकहरुलाई सत्तााबट हटाउदै छ यो काममा दुई चुनौतिहरु थिए । पहिलो सुकर्ण यती लोकपृय थिए कि उनीमाथी सिध गर्न सम्भव नै थिएन दोश्रो यदी विनाकारण पकिे आई माथी हमला गरीयो भने उसको बचाउमा सुकर्ण उभिने छन् किनकी यस अघि यस्तै हुदै आईरहेको थियो । यो कुरालाई ध्यान दिदै एकयस्तो बहाना खोज्ने जसले पीकेआई लाई तह लगाउन सहियोस् र फेरी राष्ट्रपतिलाई पनि सत्ताबाट वर्खास्त गर्न सकियोस भन्ने निष्कर्ष निकालियो । सन् १९६५ को मध्येतीर सेनाका मनावैत्रानिक विश्लेषकहरुले एक भ्रम फैलाए सन १९६५को मध्येतीर सेनाका मनोवैज्ञानिक विश्लेषकहरुले एक भ्रम फैलाए । काउन्सिल अफ जनरल्स सुकर्णको तख्ता पल्टाउने षडयनत्र बनाउदै छ र यो पनि भनियो क िपीकेआईलाई चीनबाट हतियार प्राप्त भईरहेको छ । यो अफबाहको प्रभावमा सेनाका केही जुनियर अफिसरहरु परे उनीहरुलाई के लाग्यो भने बास्तवमा दक्षिण पन्थी सैन्य विद्रोह हुदैछ । उनीहरुले आफुलाई संगठित गरे उन ि३० सिक्तेम्बरमा आन्दोलन भयो । उनीहरु कुनै विद्रोह गर्दै थिएनन् । उनीहरुको उद्देश्य जनरल काउन्सिल का अफिसरहरुलाई गिरफ्तार गरी सुकर्णलाई बुझाउन थियो तर उनीहरुको यो योजना विफल भयो । यसै दौरान तीनजनरल मारिए ।राष्ट्रपति सुकर्णल यो घट्ना प्रति आफ्नो विभत्ती ब्यक्त गरे । जनरल यान िपनि मारीए । यो स्थितिमा जनरल सहार्तोले आफुलाई नयाँ कमाण्डर घोषणा गर्दै यानीको पदभार ग्रहण गरे र सेनालाई पीकेआईका अखडा माथी आक्रमण गर्नका लागिहिडाए । अगाडी बढाए । सेनाले जनरल हत्या काण्डको पछाडी पिकेआईको हात रहेको बतायो । पीकेआईले आफ्ना सदस्यहरुलाई सेना र कम्युनिष्ट विरोधी समुहलाई भट्(काउने कुने कृयाकलाप नर्गन निर्देशन दियो । ५ अक्टुवरमा पीकेआईको केन्द्रिय समितिले राजनीतिक सम्झौताको सुकर्णका सबै प्रयासहरुलाई समर्थनगर्ने घोषणा ग-यो तर ८ अक्टुवर सम्ममा जकार्तामा दक्षिणपन्थी समुहले पीकेआईका कार्यलय र कम्युनिष्टहरुका घरहरु जलाउन शुरु गरे । उत्ता सेनाले पनी पीकेआईका मानिसहरु गिरफ्तार गर्न थाल्यो । यसैदौरानमा राष्ट्रपति सुकर्न मौन बसे । तबसम्म देशैभरी दक्षिण पन्थी शक्तिद्धारा सेनाको आउ भरोसा संरक्षणमा कम्युनिष्टहरुको कत्लेआम–अभियान शुरु गरिसका थिए । मध्ये पुवी जावामा अनी वालीमा लाखै कम्युनिष्टहरु एव् उसका समर्थकहरुको हत्या भयो । संकट बढैद गएको देखेर राष्ट्रपति सुकर्णले हस्तक्षेप गर्न चाहेपनि सुहार्तोले उनलाई केहि पनि गर्न दिईनन् ।
पीकेआईका मुख्य नेता एदित लाइ गिरफ्तार गरीयो र नोबेम्बरमा मध्ये आवामन सेनाले गोलिहानी हत्या ग-यो । १९६६को अन्त्य सम्मा पीकेआईका सबै पोलिटब्युरो सदस्यहरु इात मारी सकेका थए या त उनीहरुलाई गिरफ्तार गरिएको थियो । पोलिटब्यूरो सदस्य एक जना जोसेफ अजितोरो बाँचेका थिए किनकी उनी उपचारको लागि चिनमा थिए । अबको चरणमा राष्ट्रपति सुकर्णलाइ निशाना बनाउनु थियो । तर जनरल सुहार्तौले सुकर्णलाइ यसकारण छोडीm रहेको थियो, की उसले जे गरीरहेको थियो त्यसलाई संवैधानिक बनाउन सकियोस । १६अक्टुवर १९६५ मा राष्ट्रपति सुकर्णले लाचारीका साथ जनरल सहार्तोलाई सेना प्रमुखमा नियुक्त गरे सुहार्तोले मन्त्रीमण्डल नियुक्त र वर्खास्तीको अधिकार पनि हाँसिल गरे । सुहार्तोले राष्ट्रपति सुकर्णलाई विलकुल निष्क्रय बनाए र यस्तो गरेको केहि महिना सम्म राष्ट्रपति पदमा रहन दिए ।
हत्या काण्डको पछाइी पीकेआईको दुईघार सतहमा देखा प-यो । उनीहरले एदितको नेतृतवमा आलोचना गर्दै भने सत्तामा आएको कारण यीनीहरुको बर्जुवा करण भैसकेको थियो । यो समुह भुमिगत थियो र यसले एदितका विरुद्ध यर्चा वितरण ग-यो । पीकेआईका नेतृत्वदायी एक सदस्य सुदिस्मान सेनाको हिरासतबाट फुत्केर भाग्न सफल भए । यी एैले बँचे खुचेका कम्युनिष्टहरुलाई एक जुट गराउन शुरु गरे । उनले पुर्वी जावाबाट छापामार युद्ध छेडेने योजना बनाए । सेनाले यसको सुईको पायो र यसका नवसंगठित पोलिट ब्यूरोका दशजना मध्ये आठ जनालाई सेनाले हत्या गरिदियो ।
सेप्टेम्बर १९६६ बाट पीकेआईका केहि ब्यक्तिहरुले आधुनिक संशोधन बादको इन्डोनेशियाली संस्कारणका रचयिताका रुपमा ऐदितको आलोचना गर्दैपर्चा निकाले र अमेरीकी समर्थनमा स्थापिन सुहार्तौको तख्ता पल्टाउनका लागी माओवादी तरीकाले किसान आधारीत सशस्त्र संघर्ष छेडने आहन गरे तर यस बेला सम्म धेरै ढिलो भईसकेको थियो ।