काठमाडौं, १२ साउन ।
नवलपरासीको तिलकपुर गाविस अन्र्तगत भलुही खोलाबाट ठेकेदारले स्टक सामान भन्दै खोलाजन्य सामग्री निकाशी गर्न थालेपछि स्थानीय बासिन्दाले विरोध गरेका छन् ।
युएस इन्टर प्राइजेज एण्ड सप्लायर्सले खोला किनारबाट ढुंगा, गिट्टी तथा बालुवा निकाशाा गर्न ठेक्का लिए पनि ठेक्का अवधी सकिएपछि समेत खोलाजन्य समागी्र निकासी गर्न थालेपछि स्थानीय बासिन्दाले रोकेका हुन ।
जथाभावी रुपमा गिट्टी बालुवा झिक्दा गाउँमा पानीको मुहान सुक्ने, बाली नालीलाई समेत असर पर्ने भन्दै गाउँलेलेहरुले खेलाबाट सामग्री उठाउन नदिने बताएका छन । जिल्ला विकास समितिले खोलाबाट निकाशी हुने बस्तुको मापदण्ड निर्धारण नगरी जति पनि निकाशी गर्न दिँदा समस्या भएको गाउँलेको भनाईको छ ।
स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलसँग मात्र वार्ता हुने भन्दै विरोधमा उत्रिएका स्थानीयवासीले निकासीमा प्रयोग गरिएको टे«क्टरलाई समेत अबरोध गरेका थिए ।
अबरोधपछि इलाका प्रहरी कार्यालय बर्दघाट, प्रहरी चौकी बासाबासहीबाट प्रहरी गएपनि स्थानीय बासिन्दाले भने प्रहरीसँग नभई स्थानीय विकास अधिकारीसँग मात्र वार्ता गर्ने अडाने लिएपछि वार्ता हुन सकेको छैन ।