नेपाल बाध्यात्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत : अमेरिका

नेपाल बाध्यात्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत : अमेरिका

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १२ साउन

अमेरिकाले नेपाल बाध्यात्मक श्रम तथा यौन व्यापारका लागि मानव तस्करीको मुख्य स्रोत तथा गन्तव्य भएको एक प्रतिवेदनमा उल्लेख गरेको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिकामा हिजो साँझ सार्वजनिक गरेको ट्राफिकिङ इन पर्सन्स २०१५ प्रतिवेदनको नेपाल खण्डमा नेपाली महिला तथा बालबालिकाहरू नेपालभित्रै तथा अमेरिका, भारत, मध्यपूर्वी मुलुक, एसियाली र अफ्रिकी मुलुकमा अवैध यौन व्यापारमा संलग्न रहेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार नेपाली महिला तथा बालबालिकाहरू ती देशहरूमा निर्माण कम्पनी, उद्योगहरू, खानीहरू, घरेलु काममा तथा युवाहरू मनोरञ्जन गर्ने उद्योगहरूमा बाध्यात्मक श्रममा फसिरहेको देखिएको छ ।

विशेषगरी छिमेकी मुलुक भारतको बाटो हुँदै आफैं या दलालको विश्वासमा परेर गैरकानुनी रूपमा अर्को मुलुक प्रवेश गर्ने आप्रवासी नेपाली कामदारहरू बाध्यात्मक श्रमको सिकारमा परिरहेको प्रतिवेदनमा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ