एडीबीका आयोजनाको प्रभावकारीतामा सुधार गरिनुपर्ने

एडीबीका आयोजनाको प्रभावकारीतामा सुधार गरिनुपर्ने

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ११ साउन ।
एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक हुन किमले नेपाल सरकारलाई पुनःनिर्माण प्राधिकरणलाई पूर्णता दिइ क्रियाशील बनाउन ध्यानाकर्षण गराउनु भएको छ ।

एडीबीको सहायतामा नेपालमा सन्चालित आयोजनाहरुको सोमबार काठमाडौंमा सम्पन्न त्रिपक्षीय प्रगति समीक्षा बैठकमा किमले भूकम्पीय आपतकालीन सहयोग परियोजना तत्काल कार्यान्वयनका लागि प्राधिकरणलाई पूर्णता दिन आग्रह गर्नुभएको हो ।
मेलम्ची खानेपानी आयोजना, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्तरोन्नति र अन्य विद्युतीय प्रशारणलाइनका महत्वपूर्ण ठूला पूर्वाधार आयोजनाहरुले विभिन्न चुनौती सामना गरिरहेको र ढिलाइ भैरहेकोप्रति पनि उहाले असन्तुष्टि जनाउदै समस्या समाधानमा गम्भीर हुन पनि आग्रह गर्नुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा बलियो नेतृत्व आवश्यक भएकोमा पनि किमले जोड दिनुभयो ।
किमले नेपालमा लगानी आवश्यक रहेकोमा जोड दिदै एडीबीले अझै लगानी बढाउन सक्ने भए पनि नेपालको खर्च गर्न सक्ने क्षमतामा सुधार नभए यो अवसर गुमाउने’ चेतावनी दिनुभयो ।

(एडीबी)को सहयोगमा सन्चालित आयोजनाहरुको कार्यान्वयन निराशाजनक रहेकोले आयोजनाहरुको प्रभावकारीतामा व्यापक सुधार गरिनुपर्ने देखिएको छ ।

नेपालमा अहिले एडीबीको सहयोगमा झन्डै दुई खर्ब रुपैयाँ बराबरको आयोजनाहरु सन्चालनमा छन् । बैंकको नेपालमा १ अर्ब ९५ करोड डलर रासीको ऋण तथा अनुदान सहयोग पुगेको छ ।

यसमध्ये जुन ३०, २०१५ सम्म ५६ प्रतिशत अर्थात् १ अर्ब ९ करोड डलर बराबरको समभदारी नै हुन बाँकी छ । ७३ प्रतिशत अर्थात् १ अर्ब ४ करोड डलर बराबरको खर्च गर्ने बाँकी छ । समीक्षा बैठकमा आयोजना कार्यान्वयनका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो ।

ठेकेदारका काम–कारबाहीप्रति प्रभावकारी अनुगमन गरी असक्षमहरुलाई हटाइहाल्न पनि किमले सुझाव दिनुभयो । परियोजनाहरुमा निर्देशक, लेखा अधिकृतहरुको छिटोछिटो फेरबदल गर्ने र कमजोरहलाई पठाउनाले पनि कार्यान्वयनमा प्रतिकूल प्रभाव पारेको एडीबीले जनाएको छ ।

कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्माले आयोजनाहरुको प्रभावकारिता बढाउन मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस वर्ष बजेट कार्यान्वयन वर्षकै रुपमा मनाउन लागिएको र यसमा सुधार आउने पनि उहाले दाबी गर्नुभयो ।

मन्त्रालयका सहसचिव एवं वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मसासिनिले सबै पक्ष एकै ठाउँमा बसेर मिहीनरुपमा छलफल गर्दा समस्या समाधान गर्न सहज हुने र प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ मन्त्रालय र एडीबीको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक सरोकारवाला तीनैपक्ष आयोजना, एडीबीका पदाधिकारी र मन्त्रालयको सहभागितामा बैठक बसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी